चौबिस घण्टामा थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त
काठमाडौँ, ९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३४९ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ८ हजार ६० जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २३७ र ३ हजार ८३८ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २३ जनाको जनाको पोजेटिभ आएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा एक सय ६ , भक्तपुरमा १० र ललितपुरमा ३५ जना गरी उपत्यकामा १५१ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेका छन् । आइसीयूमा ७७ जना भेन्टीलेटरमा २१ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप ३ लाख २९ हजार ३७१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com