‘आयातित औषधिको मूल्य सम्वन्धित देशको एमआरपी भन्दा बढी तोकिएको छैन्’

316
Shares

काठमाडौँ, २८ मंसिर । नेपाल औपाधि आयातकर्ता संघले नेपालमा आयातित औषधिको मूल्य सम्वन्धीत देशले तोकेको एमआरपी मूल्य भन्दा बढी नभएको दावी गरेको छ ।

उसले औषधि आयात गर्ने संसारभरीको प्रचलन नेपालमा पनि लागू भइरहेको मूल्य बढी नभएको दावी गरेको हो ।

संघका महासचिव पवन आचार्यले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ , ‘सरकारले तोकेको मूल्यमा बाहेक अन्यका हकमा उत्पादक कम्पनीले मूल्य तोक्ने गरिएको र उत्पादित देशमा बिक्री गर्न तोकेको एमआरपी भन्दा बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध छ।’

यसअघि नेपाल औषधि व्यवसायी संघले समेत आयातित औषधिको मूल्य अनाधिकृत रुपमा बृद्धि नगरिएको बताएको थियो ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विभिन्न सञ्चारमाध्यममा आइरहेका समाचारका विषयमा ध्यानाकर्षण भएको जनाउदै औषधिको मूल्य उत्पादन गर्ने देशमा विक्रीका लागि तोकिएको एमआरपी मूल्य भन्दा बढी नभएको बताए । उनले औषधिको मूल्य तोक्ने यो विश्वव्यापी प्रचलन रहेको समेत बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *