चौबिस घण्टामा थप २३६ जनामा कोरोना संक्रमण, ३०७ जना संक्रमणमुक्त

काठमाडौँ, २५ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३०७ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ५ हजार ६७२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १९४ र ३ हजार ५०६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ४२ जनाको गरी कुल ९ हजार १७८ परीक्षण गर्दा २३६ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८४, भक्तपुरमा ५ र ललितपुरमा ३२ जना गरी उपत्यकामा १२२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेका छन् । आइसीयूमा ११२ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप २ लाख ६६ हजार ९८८ जनाले कोरोना खोप लागाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *