कोभिडविरुद्धको खोप : ६० लाख मध्येको ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुग्यो

काठमाडौँ, १३ मंसिर । सरकारले कोभिडविरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ । कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गर्ने ६० लाख डोज खोप मध्ये पहिलो खेप सोमबार ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आज काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले कोभ्याक्स सुविधा अन्तर्गत आउने भनेको ६० लाखमध्येको आज पहिलो खेप आएको बताए । उनले थप दुई खेप खोप यसै साता काठमाडौँ आईपुग्ने बताए ।

नेपालमा कोभिडविरुद्धको खोपको सुरुवात कोभिसिल्डबाटै भएको थियो । सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादनमा यो खोप प्रभावकारी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *