ललितपुर महानगर भित्र २ र ३ मंसिरमा भेरोसेलको दोस्रो मात्रा दिईदै

काठमाडौँ, १ मंसिर । ललितपुर महानगरपालिकाले २ र ३ मंसिर (बिहीबार र शुक्रबार) मा भेरोसेलो दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरले मंगलबार सूचना जारी गर्दै यसअघि विभिन्न मितिमा भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्राको पर्खाईमा रहेका व्यक्तिहरुका लागि खोप अभियान सञ्चालन गर्न लागेको बताएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ(आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

दोस्रो मात्रा खोप लगाउनका लागि खोप कार्ड लिएर जान समेत भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *