नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले पठायो ३ लाख डोज भेरोसेल उपहार

काठमाडौँ, २२ कात्तिक ।  चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप र स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ।

चिनियाँ जनमुक्ति सेनाले १० थान भेन्टिलेटर, एक सय थान कन्सट्रेटर र ३ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप हस्तान्तरण गरेको हो।

सोमबार सैनिक मुख्यायल जंगी अड्डामा एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तण गरेकी हुन्।

सेनापति शर्माले सहयोगका लागि चिनियाँ जनमुक्ति सेनालाई धन्यावाद दिएका छन्।

यता  नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको उल्लेख गरेको छ ।

यसअघि चीन सरकारका तर्फबाट नेपाल सरकारले ३४ लाख डोज भेरोसेल खोप अनुदानमा पाइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *