त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए माधवकुमार नेपाल

काठमाडौँ, १८ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपचारपछि डिस्चार्ज भएका छन्।

अध्यक्ष नेपालको नीजि सचिवालयले दिएको जानकारी अनुसार स्वास्थ्यलाभपछि आज नेपाल घर फर्किएका हुन्। र उनलाई स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्न पनि चिकित्सकले सल्लाह दिएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि अध्यक्ष नेपाल गत १३ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ डा शान्तकुमार दास नेतृत्वको टोली सम्लग्न थियो । नेपाललाई भाइरल फिवर (नन कोभिड भाइरल) का साथमा केही अरु स्वास्थ्य समस्या पनि देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *