आइतबार ८३४ जना संक्रमित थपिँदा १२७९ जना संक्रमणमुक्त

132
Shares

काठमाडौँ, १० असोज। पछिलो चौबिस घण्टामा देशभर ८३४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २७९ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ९ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार ५८९ जनाको पीसीआर बिधीबाट र ५ हजार १४७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ७३६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ७३० र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १०७ जना गरी आज कुल ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २३२ भक्तपुरमा २३ र ललितपरमा २४ जना गरी काठमाडौँ उपत्यकामा २७९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३६८ र भेन्टीलेटरमा १२० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *