धर्ती देखाउने धनबहादुर

‘स्त्री रोगका पुरुष डाक्टर  ?’ यो कुरा अब खासै विशेष रहेन तर अहिले तपाईँले पढ्न लागेको यो विषय भने विशेष छ ।

‘धर्ती देखाउने डाक्टर धनवहादुर ‘कसरी यो ठाँउमा आईपुगे ? उनको जीवनको अनुभव सिकाई र भोगाई कस्तो छ ? आफ्नै बुहारीको शल्यक्रिया गरि नातिनीको स्वागत गर्ने हजुरवुवालाई त्यसबेला कस्तो अनुभव भयो ?

बसुन्धरास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालका सिईओ उनै डाक्टर धनबहादुर राना मगरसंग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सम्पादित अंश  उनकै शब्दमा …….!

– डा. धनबहादुर रानामगर

कुराको शुरुवात आफ्नै परिचयबाट गर्छु । म डा धनबहादुर रानामगर । स्थायी ठेगाना कालीगण्डकी गाँउपालिका वडा नं – ३ विर्घा स्याङ्जा हालको बसाई बुढानीलकण्ठ नगरपालिका वडा नं – ९ बरफेदी मण्डिखाटार काठमाडौँ ।

पेशाले म स्त्रीरोग विशेषज्ञ । अहिले वीपी स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरामा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छु ।

यसअघि म नेपाल प्रहरी अस्पतालमा कार्यरत थिएँ । त्यहाँ डेढ दशकको सेवा पुरा गरेपछि यता आवद्ध भएको हुँ । बीपीमा आवद्ध भएको पाँच बर्ष एक महिना पुरा भयो ।

अध्ययनको कुरा गरौँ, मैले आफ्नो सबै अध्ययन नेपालबाट पुरा गरें ।

विद्यालय तह र त्यसपछिका उच्च तहका सबै खाले अध्ययन नेपालबाटै पुरा गरेको हुँ । डाक्टर बन्ने बेलाका एमबीबीएस, त्यसपछि डिव्लोमा इन गाइने अब्स्टेट्रिक्स (डीजीओ ), डाक्टर अफ गाइने अब्स्टेट्रिक्स (एमडी) आदि । यो पनि भनौं, मैले एमडी गरेको १४ बर्ष पुग्यो । डीजीओ गरेको २२ बर्ष र एमबीबीएस पुरा गरेको २८ बर्ष पुरा भयो ।

डाक्टर बनाउने चिठी

डाक्टर बन्ने भने सोंच पहिले नै आएको हो । दुई तीन किसिमले सोंच आयो । ती कुरा पछि भन्छु । एउटा चाँही अहिल्यै नै भनिहालुँ ।

म गाँउको जनता माविमा कक्षा ८ पढ्दै थिएँ । मेरो ठूलो दाई ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । एकदिन गाँउमा साथीहरुसंग चंगा उडाउँदै खेल्दै थिएँ । दाईको चिठी आयो । चिठीमा धेरै कुराहरु लेखिएको थियो । त्यस मध्ये एउटा वाक्य थियो, ‘तिमी राम्ररी पढेर डाक्टर बन्नु पर्छ’ भन्ने । त्यो वाक्यले मलाई राम्ररी छोयो ।

चिठी पढ्नासाथ डाक्टर बन्छु भन्ने भयो तर कहाँ कसरी बन्न सकिन्छ भन्ने कुनै जानकारी थिएन ।

विसं २०३४ सालमा एसएलसी पास भएँ । त्यसपछि पाल्पाको तानसेनमा डाक्टर पढ्न जानुपर्छ भन्ने भयो । तानसेन तर्फ लागें ।

त्यसबेला तानसेनमा त्रिभुवन विश्वविद्यालयले सीएमए पढाउने रहेछ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान सीएमए क्याम्पस तानसेनमा भर्ना हुने निधो भयो । त्यहाँ भर्ना हुनका लागि इन्ट्रान्स दिनु पर्दथ्यो । इन्ट्रान्स दिईयो, नाम निस्कियो । यहि हो डाक्टर पढ्ने ठाँउ भन्दै भर्ना भएर पढ्न थालियो ।

एक बर्षे सीएमए पढेर पास गर्ने वित्तिकै कलेजले काठमाडौँ स्वास्थ्य सेवा विभाग जानु भन्यो । कलेजले भने अनुसार विभाग आएँ । त्यहाँ त मेरो नियुक्ति तयार भएर बसेको रहेछ । यो २०३७ साल तिरको कुरा थियो ।

हुन पनि त्यसबेला सीएमए गर्ने वित्तिकै हेल्थपोष्ट, वा हेल्थ सेन्टर, जिल्ला अस्प्ताल, अञ्चल अस्पताल, हुँदै केन्द्रीय अस्पतालमा समेत जागिर खान पाइन्थ्यो । मेरो नियुक्ती भजनी हेल्थ सेन्टर कैलालीका लागि रहेछ ।

नियुक्ति पत्र बुझिहालियो । तर मैले कहिल्यै नाम नसुनेको भजनी हेल्थ सेन्टर कसरी पुग्ने रु त्यसपछि पो अफ्टेरो लाग्यो तर जोस थियो उपाए निकालें । त्यहाँ जानका लागि पहिले नक्सा किने । त्यसपछि भारत हुँदै त्यहाँ पुगेँ ।

गोरखपुरबाट रेल चडेर गोण्डा र त्यसपछि टिकुनियाघाट भन्ने ठाँउबाट जानुपर्ने रहेछ । तर मलाई टिकुनिया जानुपर्छ भन्ने भनिएन, त्यो भन्दा अगाडीको स्टेशनमा झरेछुं र त्यहाँबाट म बर्दिया राजापुर पुगें । त्यहाँबाट एक दिनभर खेतै खेत हिडेर भजनी पुँगे । भजनी तराई नै भए पनि त्यसबेला दुर्गम नै थियो ।

त्यहाँ १० महिना काम गरेपछि मैले स्वास्थ्य सेवा विभागमा आएर अन्यत्र पठाउन अनुरोध गरें । विभागको एक जना सरलाई के लागेछ कुन्नी मलाई ‘रि इम्प्लोई’ बनाएर भक्तपुर पठाउनु भयो । त्यसपछि म भक्तपुर बसें । यो सबै कुरा १८ बर्ष मुनिकै उमेरमा भएका हुन् ।

किनभने म १४ बर्षमा एसएलसी गरें । १५ बर्षमा सीएमए पढन् सुरु गरें । त्यसपछि नियुक्ति लिँदा १६–१७ बर्षमै थिएँ ।

जव १८ बर्ष पुगें लोक सेवा आयोग दिने बाटो खुल्यो ।

पोखरामा लोकसेवा खुलेको थाहा पाएँ । अहेवको परीक्षाका लागि पोखरा गएँ । त्यसबेला जाँच अन्तरवार्ता मात्रै हुन्थ्यो । नाम निस्कियो ।

नाम निस्केपछि मेरो पहिलो स्थायी नियुक्ति भयो लमजुङ । एक बर्ष बसेपछि म त्यहाँबाट दमौली सरुवा भएँ । त्यहाँ करीब दुई बर्ष बसें । त्यतिन्जेलमा मलाई यो भन्दा माथि पढ्नु पर्छ भन्ने मेलोमेसो आएकै थिएन । सानै उमेरमा सरकारी जागिर पाईहाल्यो भनेर मख्ख थिएँ ।

एक दिनको कुरा, दमौलीमा बसेकै बेला बिर्घामा म संगै पढेको एउटा साथी (अहिले नाम नलिउँ) एमकम गरेर क्याम्पस पढाउँछ रे । अनि क्याम्पस चीफ पनि भैसक्यो रे भन्ने सुने । अनि त म तर्सें । ओ हो साथी क्याम्पसचीफ भईसकेछ । म भने सीएमए गरेर डाक्टर भएँ भन्दै जागिरमा हल्लेको छु । गीत गाएर, मुरली, बाँसुरी, तवला बजाएर हिडिरहेको छु भन्ने भयो ।

साथीको शैक्षिक प्रगति सुनेर म बास्तवमै झस्कें ।

अनि म काठमाडौं आएँ ।

दाल किन्न जाँदा बन्यो प्रहरी सेवामा प्रवेश गर्ने अवसर

काठमाडौँको बागबजारमा साथीको डेरा थियो । मेरो एकदमै मिल्ने गाँउको साथी शेषकान्त पाण्डे (जो अहिले पेशाले इन्जिनियर छन्) को डेरा ।

म काठमाडौँ आउँदा त्यहि बस्थें । हामी बस्ने घरको भुई तल्लामा घरबेटीको दोकान थियो । एकदिन साँझपख म दाल किन्न झरें । पसलमा गएर आधा केजी दाल मागें । त्यसबेला आधा किलो दाल अहिले जस्तो प्लास्टिकमा पाइदैनथ्यो । पसले साहू जीले दाल गोरखापत्रमा खोँची बनाएर दिए । ल्याएपछि अलि अलि केलाउन परयो भन्दै पत्रिका खोलियो र दाल थालमा खन्याईयो । कसो कसो गर्दा त्यो खोची बनाएको पत्रिकाको टुक्रोमा मेरो आँखा पुग्यो । त्यो टुक्रोमा नेपाल प्रहरी (तत्कालिन बीरेन्द्र प्रहरी) अस्पताल महामारगञ्जमा जागिरको लागि अवसर भन्ने देखियो ।

त्यो देखेपछि अब काठमाडौँ बसेर पढनु पर्छ भन्ने भयो । नोकरी गर्दै पढछु भन्ने भयो । झ्याप्पै अप्लाई गरें । नाम निस्कियो । त्यहाँ नाम निस्किएपछि पुरानो नोकरीमा राजिनामा दिएँ । अहिले आएर सोच्दा मैले बेलामा मेहनत चैं गरेकै रहेछु जस्तो लाग्छ ।

प्रहरी अस्पतालमा छिरेपछि डाक्टर बन्ने बाटो खुल्यो

कुनै कुनै बेला दिमागमा हुने स्ट्राईकले राम्रै गर्छ जस्तो लाग्छ ।

विर्घाको जनता माविमा स्कुल पढदै गर्दा त्यहाँ हेल्थपोष्टमा एक जना मुखिया साव हुनुहुन्थ्यो । उहाँ अग्लो, राम्रो सबैले मान्ने । त्यहि सोचेर म पनि मुखिया साब बन्छु भन्ने थियो ।

पछि दाईको चिठी आयो । त्यसपछि डाक्टर बन्छु भन्ने भयो । तर एसएलसी पछि सीएमए पढेर जागिरमा जोडिएपछि सबै लक्ष्य भुलियो ।

पछि जव गाँउको साथीले पढेर प्रगति गरेको सुने त्यसपछि मात्रै मेरो दिमागको पर्दा खुल्यो भन्ने लाग्छ ।

प्रहरी अस्पतालमा आइसकेपछि हेल्थ असिस्टेन्ट पढें । त्यसमा मैले टप गरें । तर त्यो संग पनि डाक्टर हुनुमा खासै लेनदेन छैन् ।

त्यसबेला काठमाडौँमा साझा बस चल्थ्यो । एक स्टेशन बाट अर्को स्टेशनमा पुग्न पच्चिस पैसा तिरे पुग्थ्यो ।

एक दिन साझा बसमा चढेको बेलामा केही एमबीबीएस पढ्दै गरेका साथीहरु भेट भयो । म संगैका एक जना साथीले मलाई मेन्सन गर्दै भन्नुभयो हैन धनबहादुर जी उहाँहरु डाक्टर हुने लाइनको पर्नु भयो । हामी त्यसतर्फ सोचेका पनि छैनौँ ।

मलाई त्यो शव्दले तत्कालै स्ट्राइक ग¥यो । मैले तत्कालै जवाफ दिएँ, तपाईँले के भनेको साथी रु हामी डाक्टर हुन सक्दैनौँ रु सक्छौँ नि । अहिल्यै हरेस खाईयो भने त कसरी उन्नती गर्ने रु मैले त्यो भने । त्यसपछि मनमा लाग्यो अब त मैले जसरी पनि डाक्टर पढ्नै पर्छ भन्ने लाग्यो ।

प्रहरी सेवाबाट पढ्ने मौका पाएको पहिलो व्यक्ति

प्रहरी अस्पतालमा काम गरिरहेको थिएँ । त्यसबेलासम्म प्रहरीको कुनै पनि संस्थाबाट पढ्न गएको कुनै रेकर्ड छैन् । तालिम गएको रेकर्ड भने छ ।

मैले सेवामै रहँदा पढाई गर्न चाहेको कुरा माथिल्लो निकायमा उठाँए । प्रहरीमा यस्तो नियममा नै छैन भन्ने कुरा आयो । नियम त बनाउने हो नि भनें ।

माथिल्लो तहको हाकिमहरुलाई त्यसले स्ट्राइक ग¥यो जस्तो लाग्छ ।

त्यसपछि हाकिमहरुले भन्नुभयो, दिनमा पढ्ने र रातमा काम गर्ने गर्न सकिन्छ रु मैले सक्छु भने । त्यहि सर्त अनुसार उहाँहरुले मलाई एमबीबीएस पढ्ने अवसर दिनुभयो ।

त्यसपछि म बने नेपाल प्रहरीले पहिलो पटक पढन् पठाएको डाक्टर । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पढन गएको डाक्टर । त्यसपछि भने प्राविधिकका लागि पढ्ने कोटा छुट्याउन थालियो ।

मैले २०४३ सालबाट चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०मा एमबीबीएस पढ्न थालें । नाइट डिउटी गर्ने गरी ।

एमबीबीएस अध्ययन सकेपछि पुन तत्कालिन बीरेन्द्र प्रहरी अस्पतालमै नियमित सेवामा फर्किएँ ।

डीजीओमा ब्याच टपर

एमबीबीएस पछि पोष्ट ग्राजुएट्स पीजी गर्न मन लाग्यो । तर पीजी गर्न समस्या थियो । किनभने मैले एउटा विदा त एमबीबीएस गर्दा नै लिईसकें । अर्को विदा पाउने त सम्भावना नै थिएन ।

त्यसबेला हाम्रो अस्पतालमा धेरै ठूलो योजना नभएको र स्वास्थ्यकर्मीहरुको कमी भएको अवस्था थियो । अर्को कुरा स्वास्थ्य सेवा विभाग र त्यस अन्तरगर्त काम गरेका स्वास्थ्यकर्मी साथीहरु प्रहरी सेवामा जोडिन त्यति इच्छा गर्दैनथे । त्यसबेला डाक्टरको संख्या पनि कम थियो ।

शिक्षण अस्पतालमा एक बर्ष पढें । त्यसबेला पनि म ब्याच टपर भएको थिएँ । त्यसपछि मैले पढाई मुताविककै सबै सेवाहरू दिएँ ।

डीजीओ गरेको पाँच बर्ष पछि मास्टर्स गर्नुपर्छ भन्ने आयो । त्यसपछि गणतन्त्रको ठूलो मुभमेन्ट भएको थियो । गणतन्त्र आएपछि फेरी मैले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा प्रक्रिया सुरु गरें । डिजिओ गरेर पाँच बर्ष काम गरिसकेको र धेरै अनुभव रहेकोलाई एमडी गर्ने व्यवस्था मिल्यो । मैले त्यो अवसरको छुटाउन चाहिन । सो कोर्षका लागि प्रवेश परीक्षा दिएँ । नाम निस्कियो । न्याम्समा पढाई सकेपछि यहि कार्यरत हुने गरी कुनै पनि बेला चाहिएमा पढाई समेत छाडेर आउने गरी र विभागलाई कुनै पनि आर्थिक भार नपर्ने गरि । त्यो खालको निवेदन दिए । मेरो विभागीय मन्त्रालय, गृह मन्त्रालयबाट स्वीकृत भयो । त्यसपछि म पढ्न गएँ । त्यहाँ कहिले काँही डिउटी आफ भएको बेला, प्रहरी अस्पतालमा आएर पनि विरामी उपचार गर्ने गरेको थिएँ ।

यसले मेरा केही साथीहरुलाई बेचैन बनाएको थियो । यसले एमडी गर्न पनि भ्याएको छ, यहाँ काम गर्न पनि भ्याएको छ । अप्रेसन पनि गरेको छ । यसको कि उता क्यान्सिल हुनुपर्छ कि यता क्यान्सिल हुनुपर्छ भन्ने आवाज समेत उठने गर्दथ्यो । म हास्थें । मैले उनीहरुलाई भन्थे सेवा पनि दिने हो, अध्ययन पनि गर्ने हो भन्थें । उता डिउटी आवर पनि कम भएको छैन । समय मिलाएर यता सेवा पनि दिईरहेको छु नि भन्थें ।

त्यसबेला विभागीय प्रमुख, अरु साथीहरु, प्रहरी प्रधान कार्यालय आदीबाट मैले निकै नै राम्रो सहयोग पाएँ ।

रोजाइमा स्त्रीरोग

अहिले सम्झन्छु, मेरो आमालाई त्यसबेला स्त्री रोग लागेको हुनुपर्छ । आमा अलि पहिल्यै वित्नुभयो । आमालाई रगत बग्यो भन्ने सुन्थे । रगत बग्नु भनेको त स्त्री रोगको समस्या हो । त्यसबेला मलाई ज्ञान थिएन । त्यसबेला दिदीले आमामा देखिएको समस्या मलाई सुनाउनु हुन्थ्यो ।

अहिले मैले जति महिलाहरुलाई जाँच गर्छु सेवा दिन्छु र अप्रेसन गर्छुृ । आमालाई सम्झन्छु । आमालाई भएको समस्या सम्झिन्छु र भन्छु मेरो आमालाई स्त्री रोग लागेको हुनुपर्छ ।

आमालाई जतिबेला सो उपचार चाहिएको थियो त्यसबेला म सामान्य स्वास्थ्यकर्मी ९सीएमए० मात्रै थिएँ । मैले आफू स्वास्थ्यकर्मी भएर पनि आमालाई चाहिएको बेलामा उपचार गर्न सकिन भन्ने हुटहुटी लागि रहन्थ्यो । त्यसकारणले पनि डाक्टर बनिसकेपछि म स्त्रीरोग विशेषज्ञ बन्छु भन्ने सोँच लिएको थिएँ ।

दोस्रो कारण म नेपाल प्रहरीमा काम गरिरहेको मान्छे । त्यहाँबाट अध्ययन विदा लिएर एमबीबीएस पढी सकेको थिएँ । पीजी गर्नका लागि म संग विभागीय विदा थिएन । अर्को कुरा मलाई अब समय परिस्थिति र परिवारको जिम्मेवारीले समेत थिचेको छ । कसरी भने मेरो ठूलो छोरा अब ठूलो भएको छ । उनको लागि योजना बनाउनुपर्ने हुन्छ मैले । तीन बर्ष सम्म म कतै गएर पढें भने मेरो करिअर त बन्ला तर मेरो परिवारमा समस्या आउन सक्छ । मैले छोटो अवधीको कोर्ष खोजि रहेको थिएँ । अनि मैले तीनबर्षे कोर्ष पाउँदा पाउँदै पनि छाडेर एक बर्षे डिजिओ पढेको हो । डिप्लोमा इन गाइने अव्सटेटिक्स । एमबीबीएस पछि लिने कोर्ष ।

तत्कालिन समयमा मेरा सिनियर र समकालिनहरु मेल फिमेल जसले गाइनो पढनु भयो डीजीओ पढनु भएकै छ । त्यो पनि पीजीकै कन्सेप्ट हो । स्नातकोत्तर नै हो । पछि त्यसलाई संसोधन गरी एक वर्षेलाई तीन बर्षे मास्टर्स पनि बनाइएको छ । त्यो डीजीओ कोर्ष त्यसबेला नेपाल सहित भारत बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशहरुमा चलिरहेको थियो ।

मैले डिजिओ सक्काउँदै गर्दा मेरो जेठो छोराले पनि एमबीबीएस सक्कायो । उसले मेडिसिन सक्काएपछि म फ्रि भएँ ।

त्यसपछि मलाई स्नातकोत्तर अर्थात एमडी गर्ने फेरी लहड आयो । त्यो लहडलाई पुरा गर्न मैले सबै प्रक्रिया अपनाए र अवसर पाएँ । त्यसबेला दुईवटा सिट थियो । जाँच दिएको नाम निस्कियो त्यसपछि म पढन थालें । स्त्री रोग विशेषज्ञ यसरी भएँ । मैले स्त्रीरोग पढेर धेरै नै ठिक गरें भन्ने लाग्छ ।

अहिलेसम्म करीब ७ हजार जति महिलाको पाठेघरको शल्यक्रिया गरिसकेको छु । पछिल्लो २२ बर्ष देखि यो काम गर्दै आएको छु । अध्ययनले के देखाएको छ भने ९२ प्रतिशत गर्भवती महिला सुत्केरी हुँदा शल्यक्रिया गर्न पर्दैन । करीब ८ प्रतिशतलाई मात्रै सिएस वा अन्य प्रविधिको प्रयोग गर्नुपर्छ । हिजो आज त्यो प्रतिशत केही बढेको भने देखिन्छ । सिएस गरेर २-३ हजार बच्चा निकालियो कि जस्तो लाग्छ ।

बुहारीलाई सीएस गर्दै नातिनीको स्वागत

मेरो जेठो छोरा बुहारी दुबै जना चिकित्सक हुन् । उनीहरुको गर्भ प्राकृतिक हिसावले आउन सक्ने अवस्था देखिएन । प्रसस्त समय दिईदा पनि उनीहरुको चाहना पूर्ण नभए पछि उनीहरुले प्रस्ताव राखे हामी टेष्टट्युव बेबी राख्ने कि भनेर । मैले हुन्छ भनें । टेष्टट्युव बेबी सेन्टर सञ्चालन गरेको साथीलाई जानकारी गराएँ । साथीले आवश्यक परीक्षण सुरु गरिहाले । सफल हुने सम्भावना देखियो । त्यसपछि टेष्टट्युवबेबी प्रक्रिया अघि बढ्यो । पहिलो गर्भ राखियो तर त्यो सफल भएन । दोस्रो गर्भ राखियो त्यो सफल भयो ।

देशमा कोरोना महामारी छ । तर छोरा बुहारी र हामी परिवारको बीचमा खुशी अंकुराउँदै छ । यसलाई त जसरी पनि सफल बनाउनु पर्छ भन्ने हामी सबैको अठोट थियो । आईभीएफ सेन्टरको साथीले टेष्टट्युव बेबी पद्धती अपनाएका थुप्रै महिलालाई थप चेकजाँचका लागि म कहाँ नै पठाउने गर्नुहुन्छ । मैले बुहारीको चेकजाँचका लागि उहाँसंग सल्लाह लिएँ तर उहाँले मलाई आफै हेरे हुन्छ नि भन्नुभयो ।

त्यसो त मैले सोची रहेको थिएँ बुहारीलाई आफै हेर्छु भन्ने तर उहाँ (साथी)ले समेत भनेपछि त झनै आफै हेर्छु भन्ने निस्कर्षमा पुगेको थिएँ ।

‘डेलिभरी कहाँ गर्ने  ?’  भनेर मैले छोराबुहारीलाई सोधें । उनीहरुले सबैभन्दा विश्वास गर्ने त आफ्नो बाबा हो । अनि मैले आफ्नो अस्पताल छोडेर अर्कोमा गएर किन गर्ने ? अरुलाई मेरो संस्थामा बोलाउने र सुत्केरी गराउने  आफ्नो परिवारलाई अन्यत्र पठाउँदा त आफैमाथि नै विश्वास नभएको जस्तो हुनेभयो । नैतिक दृष्टिकोणले पनि हुँदैन भन्ने लाग्यो । अनि मैले हामी आफै गर्ने हो भनेर तीन महिना अघि देखि नै योजना बनाएको थिएँ ।

म आफै स्त्री रोग विशेषज्ञ भएकोले मेरै निगरानीमा घरमै र थप चाहिएमा अस्पतालमा पुगेर चेकजाँच गर्ने प्रवन्ध मिलायौँ ।

समयक्रम वित्दै गयो । अव सुत्केरी हुने दिन नजिकिन थाल्यो । उनलाई गर्भवती हुँदा देखि सामान्य समस्या नआएका होइनन् आएको थियो । त्यो समस्याहरु निगरानी मैले आफै गरिरहेको थिएँ । दिन दिनै ।

तर अलि दिन नपुग्लाकि जस्तो भयो ।

उनलाई पेट दुखे जस्तो भयो । औषधि गररहेको थिएँ तर अब ढिला गर्न हुँदैन भन्ने भयो ।

मैले मेरो आफ्नो टिम हस्पिटलमा तयारी अवस्था राखेको थिएँ । त्यसो त बुहारीका लागि मात्रै होइन । सबैका लागि सधै नै तयारी अवस्थामा हुन्छ ।

बुहारीलाई अप्रेशन ९सीएस० गरेर सुत्केरी बनाउनु पर्ने भयो । म आफै अप्रेसन गर्न अघि सरें । छोरा बुहारी दुबैले केही प्रश्न गरेनन् ।

आफ्नै परिवारको सदस्य वा नजिकको मान्छेको अप्रेसन गर्दा सेन्टीमेन्टका कुरा, माया प्रेमका कुराको प्रभाव देखिन सक्छ । अप्ठेरो हुन सक्छ भन्ने पनि हाम्रो चिकित्साबृत्तमा नसुनिएको होइन ।

तर मैले आफै नातिनीलाई पहिलो स्वागत र स्पर्श गर्ने दुर्लभ अवसर किन छाड्थें र म आफै अघि सरें र सफल बनाएँ । सात दिन पछि टाँका पनि खोलियो ।

नातिनीलाई यस धर्तीमा स्वागत गर्दाको त्यो क्षण

जब अप्रेसनको तयारी पुरा भयो मलाई छुट्टै उत्साह थियो । किनकी मैले केही बेरमै परिवारको नयाँ सदस्य निकाल्दै थिएँ ।

अप्रेसनको लागि जव म थिएटर भित्र जाँदै थिएँ अव मैले मेरो ग्राण्ड चाइल्ड निकाल्दै छु भनेर उत्साहित थिएँ ।

मेरो छोरा त्यहि थिएँ । उनी एनेस्थेसियाको डाक्टर थिएँ । मैले हरेक मुभमेन्टको फोटो खिच्न लगाएको थिएँ । मलाई ग्राण्ड चाइल्डको सेक्स पहिल्यै थाहा थियो ।

जव मैले पेट भित्र पुगेर पाठेघरबाट पिसाव थैलीलाई तल सारे त्यसपछि पाठेघरलाई मार्क गरें । बच्चाको टाउको कत्रो छ भनेर नापेर तेत्रै पाठेघर खोल्न थाले । सीएस गर्दा सबैले अपनाउने विधि यहि हो ।

अनि जब पाठेघरबाट बच्चाको टाउको मेरो हातमा लिएँ ओ हो त्यो क्षण वर्णन गर्न नै सक्दिन । कस्तो अर्कै अनुभूति । शरीरमा अर्कै आनन्द ।

शिशुलाई बाहिर निकालें, त्यसपछि के गर्ने भन्ने मेरो कन्सिअस माइण्डले सोचि रहेको छ ।

किनभने बच्चाको टाउको आमा पेट चिरिएको ठाँउबाट बाहिर निकालिए पनि जीउ भने भित्रै हुन्छ । टाँउको पेटबाट बाहिर निकाले पछि सबैभन्दा पहिले मुख नाकलाई सफा कपडाले सफा गरिदिन्छ । त्यसो नगर्दा मुखमा नाकमा भएको फ्ल्युड फोक्सोमा जान्छ । त्यो सफा गरिदिनुपर्छ । सक्सनले सफा गर्ने हो ।

सबैभन्दा पहिले नाक र त्यसपछि मुख सफा गरेँ । बच्चा मै तिर फर्केको थियो । हेर्दै निकाले । त्यसपछि शिशुलाई नाभी काटन लगाएँ । त्यहाँ मेरो असिस्टेन्ट डाक्टर साव, बच्चाको डाक्टर, एनेस्थेसिका डाक्टर, यस्तै सबै नर्सहरुको टोली । नातिनी निकाली सकेपछि सबैलाई बढो फुर्तिसाथ हासो ठट्टा गर्दै भने, ‘देख्यौँ आफ्नै नातिनीलाई निकालेको डाक्टर पो हुँ म भनेर ।’

परिवारका अन्य सदस्यको पनि शल्यक्रिया गरेको छु

दुई महिना अघिको यो शल्यक्रिया त आफ्नै नातिनी स्वागत गर्ने कुरा भयो । मैले यसअघि पनि परिवारका सदस्यको शल्यक्रिया गरेको छु ।

सन् २०११ को कुरा । मेरो दाईको जेठि छोरीको पाठेघर फाल्नुपर्ने कडा रोग लागेको थियो । उनीलाई महिनावारीका बेला निकै पीडा महसुस हुन्थ्यो । त्यो अप्रेसन मैले नै गर्नु पर्ने भयो ।

त्यसबेला पनि दाईको हौसलाले छोरीको अप्रेसन मैले नै गर्ने निधो गरेको थिएँ । उहाँले बेलायतबाट फोन गर्नुभयो । तिमि त्यति सिनियर भएर के अरुलाई गर्न लगाउने भन्नुभयो । त्यसपछि आफै गरें । जेठी छोरीको पाठेघर र डिम्वासय निकालेको थिएँ । त्यसबेला पनि हाम्रो चिकित्सा समुदायमा आफ्नै छोरीको अप्रेसन गर्न कसरी सक्या होला भनेर कुराकानी चल्ने गरेको सुनेको थिएँ ।

अनुभूति आफ्नै मान्छेको अप्रेसनको

आफ्नो मान्छेको अप्रेसन गर्दा बढी दुख्ला कि विग्रेला कि भन्ने डर मनमा आउँदैन रु धेरैले सोध्ने प्रश्न हो यो । आउछ नि, तर अर्को सोच्ने पक्ष के हो भने मलाई यस्ता केशहरु गर्दा अरुलाई दिँदा भन्दा आफूले अझ राम्रो गर्छु कि भन्ने लाग्छ । ‘कन्फिडेन्स विल्डप’ भयो भने त्यो गर्न सकिदो रहेछ ।

मलाई अर्को के पनि लाग्छ भने यो संसारमा हरेक व्यक्ति फरक हो । मेडिकल सर्भिस जो दिएको छ, उसले आफ्नो सेवामा कन्फिडेन्स विल्डप भएकै हुनुपर्छ ।

मैले हरेक जटिल र सम्वेदनशील अप्रेसन गर्नु अघि सफल हुनका लागि अघिल्लो दिननै योजना बनाउँछु । जटिलता आइहालेमा के के गर्ने भनेर मिहिन ढंगले विश्लेषण गर्छु । त्यसले गर्दा मैले आफ्नो काममा सफलता पाउने गरेको छु ।

स्त्री तथा प्रसूति रोग सम्वन्धी म पुरुष डाक्टर, आफन्त अर्थात छोरी बुहारीकै उपचार गर्दा सम्वेदनशील अंगको विषयलाई लिएर कसै कसैले सोध्ने गर्दछन् ‘अफ्टेरो हुँदैन ?’

मैले भन्छु, ‘हुँदैन ।’  किन हुँदैन भने, मैले त्यो सम्वेदनशीलता बुझेको हुन्छु । त्यस्तो अवस्था आई पर्दा, त्यस्ता अंग हेर्नुपर्दा मैले मेरा असिस्टेन्ट, मेरो विश्वासपात्र चिकित्सकलाई जाँच गर्न लगाउँछु । र रिपोर्ट मैले हेर्छु । उनीहरुले गरेको जाँचको विश्लेषण गर्छु र निस्कर्षमा पुग्छु । मैले यसैगरी छोरी बुहारीको अप्रेसन गरेको छु । कतिपय महिलाहरुले पुरुष भएकै कारण म संग गोप्य अंग देखाउन अफ्टेरो मान्ने पनि गर्नुहुन्छ । त्यसबेला ती अंगको जाँच मेरो विश्वासपात्र महिला असिस्टेन्टले हेर्न लगाउँछु । यसले पनि ती अफ्ट्यारा सजिलै पार लाग्छ ।

आफन्त साथीभाईहरुले हामीबाट त्यो ‘डिग्नीटी मेन्टेन’ हुन्छ भनेर नै हामीकहाँ आउने हो । र फेरी पनि भन्छु महिलाको त्यो संवेदनशीलतामा अत्यन्तै ध्यान दिईएको हुन्छ । यसमा बढो गम्भीर सचेत हुन्छु ।

प्रस्तुति : रामप्रसाद न्यौपाने

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *