चौबिस घण्टामा थपिए २२१२ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौँ, ३१ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ८६७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ३३ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ८ हजार ८८ जनाको पीसीआर बिधीबाट र ४ हजार १८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार १०६ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुमा १५४ जना गरी काठमाडौँ उपत्यकामा ७३९ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७५८र भेन्टीलेटरमा १९३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]