बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले प्रधानमन्त्रीलाई भने, ‘कि सम्वन्धन दिनुहोस, कि लिनुहोस्’

काठमाडौँ, १९ असार । झापास्थित प्रस्तावित वीएण्डसी मेडिकल कलेज तथा रिसर्च सेन्टरका सञ्चालक दुर्गा प्रसाईँले एमबीबीएस कक्षा सञ्चालनका लागि कि सम्वन्धन दिन कि आफैले लिन सरकारलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ पन्ना लामो पत्र लेख्दै आफूले अहिलेसम्म पाएको दुख र दुख दिनका लागि क कसले भूमिका खेल्यो भन्ने फेहरिस्त समेत उल्लेख गरेका छन् ।

उनको पत्रमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सम्वन्धन रोक्नका लागि मूख्य भूमिका खेलेको आरोप छ । आयोगको बैठकले सात दिन भित्र अनुगमन गरी प्रतिवेदन बुझाईँ सम्वन्धन दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्ने भनिएकोमा २१ दिन हुँदासम्म प्रतिवेदन नबुझाइएको उल्लेख गर्दै उपाध्यक्ष डा गिरीले वदनियतपूर्ण काम गरेको प्रसाईँको आरोप छ ।

प्रसाईले डा गिरी न्याम्समा रहँदा विद्यार्थीको नाममा विश्वस्वास्थ्य संगठनको नाममा आएको फेलोसिप करीब १ लाख डरल आफै हत्याएर अनियमिता गरेको समेत आरोप लगाएका छन् ।

आफूले ८ बर्ष अघि देखि कानूनका सबै प्रक्रिया पुरा गरी आएको र पाँच बर्ष अघि नै सम्वन्धन पाउनुपर्नेमा अहिलेसम्म रोकिरहेको भन्दै यसलाई तत्काल निकास दिन प्रधानमन्त्रीसंग आग्रह गरेका छन् ।

 

प्रधानमन्त्रीलाई लेखेको उनको पत्र यस्तो छ  :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *