उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने दुर्गा प्रसाईँको घोषणा

काठमाडौँ, १५ जेठ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने झापास्थित वी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बताएका छन् ।

थापाको ह्याम्स, ग्राण्डी हुँदै शुक्रबारबाट नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर उपचार गरिएका उनलाई हिजोबाट एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) प्रविधिको सयोगमा उपचार भइरहेको छ । एक्मो प्रविधिले बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्दछ ।

थापाको उपचारमा ठूलो रकम खर्च भइसकेको र थप ठूलो रकम खर्च हुनसक्ने अनुमान गर्दै हिजो सहयोगका लािग हिजो सार्वजनिक रुपमा आव्हान गरिएको थियो । प्रसाईंले शनिबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘एक असल सामाजिक अभियन्ता थापा अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचार गराईराख्नु भएको र उहाँको उपचारका लागि सहयोग संकलनको आव्हान भएको विभिन्न सञ्चारमाध्यममा आएकोले वीएण्डसीले सामाजिक उत्तरदायित्व अन्तरगर्त सम्पूर्ण खर्च व्यहोर्ने व्यवहोरा अनुरोध गर्दछु ।’

थापाको उपचारका लागि अहिले स्वदेश तथा विदेशमा सहयोग रकम उठन थालिसकेको छ ।

विएण्डसीको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *