बीएण्डसी सम्बन्धन प्रक्रिया अघि बढयो

496
Shares

काठमाडौँ, ११ जेठ । गत साता काठमाडौँ विश्वविद्यालय (केयु)ले झापास्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिने निर्णय गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आगोगलाई सहमतिका लागि पत्र पठाएको थियो । केयुले पत्रमा सम्वन्धन सम्वन्धी निर्णयलाई सहमति दिन र बी एण्ड सीका लागि सिट निर्धारण गर्न समेत अनुरोध गरेको थियो ।

तर, आयोगको जवाफ नआउँदै केयुको सो निर्णय अवैध भन्दै डा गोविन्द केसी पक्षले विरोध गरिहाल्यो । केयु र विएण्डसीले भने चिकित्सा शिक्षा ऐन अनुसार निर्णय भएको भन्दै विरोधको आवश्यकता नरहेको बताउँदै आएको छ ।

मेडिकल कलेज स्थापना गर्नका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेर पूर्वाधार तयार गरेपछि सम्वन्धन पाउने बेलामा डा केसी अनसन बसी अवरोध सिर्जना गरेको वी एण्ड सीका सञ्चालन दुर्गा प्रसाईंले भन्दै आएका छन् । डा केसीले भने प्रसाईंलाई माफियाको ट्याग लगाउँदै उनले सम्वन्धनका लागि नियम मिचेको आरोप लगाउने गरेका छन् । यतिवेला डा केसी यमनमा रहेका छन् । तर बी एण्ड सीको सम्वन्धनको विषयलाई डा केसी पक्षले पुन चर्चामा ल्याएको छ ।

सोमबार सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीले वीएण्डसीको सम्वन्धनको विषयलाई चर्चा गर्दै विज्ञप्त जारी गरेका थिए । उनले त्यसमा केही दिन अघि डा केसीका मिडिया संयोजक प्रीतम सुवेदी र प्रसाईंबीच भएको ‘टेलिफोन विवाद’को प्रसंग त जोडेका थिए नै त्यसबाहेक वी एण्ड सीको सम्वन्धनको विषयमा केयुले प्रधानमन्त्री केपी ओली र प्रसाईंकोबीचको सम्वन्धकै कारण कानून मिचेर निर्णय गरेको भनेका थिए । उनले ११ जेठ (आज) प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको र त्यसमा जवरजस्ती ढंगले पेलेरै सम्वन्धन दिने योजनामा रहेको आकलन गरेका थिए ।

त्यसको जवाफमा वीएण्डसीले आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीलाई अनावश्यक रुपमा आफूसंग जोडेर भ्रम सिर्जन ागर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

उसले विज्ञप्तीमा केयुले गरेको सम्वन्धन सम्वन्धी निर्णय र त्यसअघि कलेज स्थापनाका लागि गरिएका प्रक्रियाहरुको बारेमा स्पष्ट पार्ने कोशिश गरेको छ । वीएण्डसीले अगाडी भनेको छ, ‘निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज-क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ जारि हुनु अगावै (२०७३ ।११।१५ मा) केयु समक्ष निवेदन दिएको, सोही निवेदनको आधारमा विश्वविद्यालयको सभाको ८९ औं बैठकले आफूहरुलाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।’

यसअघि केयूले भने जस्तै वीएण्डसीले पनि ‘सम्वन्धनको निर्णय गर्नु अघि केयुका विज्ञहरु सम्मिलित टोलीले गत २२ देखि २६ बैशाखमा गरेको कलेजको प्रारम्भिक निरिक्षण गरेको र सोही अनुसार पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम यस वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.लाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा पत्र पठाएको हो ‘ विज्ञप्ती मार्फत भनेको छ ।

त्यसो त चिकित्सा शिक्षा ऐन जारी भएका बेला ऐनको दफा १३ (६) वी एण्ड सीका लागि राखिएको दफा हो भनिदै आएको समेत थियो ।

चिकित्सा क्षेत्रका विज्ञहरुले समेत वी एण्डसीको विषयमा प्रक्रिया पुगेको भन्दै अव बिरोध गर्नु आवश्यक नभएको बताउँदै आएका छन् ।

वीएण्डसीले पूर्वाधार समेत सम्पन्न गरिसकेको अवस्था छ । झापाको विर्तामोडमा ६०० बेडको अस्पताल सञ्चालन गरी वी एण्डसीले त्यस क्षेत्रका जनतालाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *