दाँत दुख्यो ? पैसा नलाग्ने १६६००१०२२२३ नम्बरमा फोन गर्नुहोस्
काठमाडौँ, १० जेठ । यो लकडाउनको बेलामा तपाईँलाई दाँत तथा मुख स्वास्थ्य सम्वन्धी समस्याले सताएको त छैन् ? यदि छ भने पनि अब नआत्तिनु होला । बरु टोलफ्रि नम्बर १६६००१०२२२३ मा सम्पर्क गर्नुहोला । यो नम्बरमा फोन गर्दा तपाँईको पैसा लाग्दैन ।
दन्त चिकित्सकहरुले तपाईँको समस्या फोनबाटै लिएर समाधान गर्ने प्रयास गर्ने छन् । नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निशुल्क परामर्श गरिदिने भन्दै टोलफ्रि नम्बर सञ्चालनमा ल्याएका हुन् ।
एसोसिएसनका केन्द्रीय सदस्य डा हरि वलीले यतिवेला डेन्टल सेवा लिनका लागि अस्पताल तथा क्लिनिकसम्म पुग्न समेत गाह्रो हुने भएकोले आम सर्वसाधारणलाई सेवा दिने उदेश्यले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको बताए । उनले आम सर्वसाधारणलाई सेवा लिन आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]