पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण, ७१३५ जना संक्रमणमुक्त
काठमाडौँ, १० जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ७ हजार ४२५ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ७ हजार १३५ रहेको छ । त्यसैगरी आज थप १८५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा १९ हजार ८४६ जनाको पीसीआर र ६०७ जनाको एन्टीजेन विधिबाट गरी कुल २० हजार ४५३ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ७ हजार ४ सय २५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । यसमध्ये ३ लाख ९८ हजार ४८३ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार १५३१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय ९७ जना र भेन्टीलेटरमा ४६७जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]