काठमाडौँ उपत्यकामा थपिए ३२३२ जना कोरोना संक्रमित

144
Shares


काठमाडौँ, ६ जेठ।   काठमाडौँ उपत्यकामा थप ३ हजार २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना गरी थप ३ हजार २३२ सय जना थपिएका हुन्।

यस्तै पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५९ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १३ जना गरी कुल ७७ जनाको कोभिड संक्रमितको ज्यान गएको छ ।

त्यसैगरी आज देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप १९० जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *