काठमाडौँ उपत्यकामा थपिए ३२३२ जना कोरोना संक्रमित


काठमाडौँ, ६ जेठ।   काठमाडौँ उपत्यकामा थप ३ हजार २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना गरी थप ३ हजार २३२ सय जना थपिएका हुन्।

यस्तै पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५९ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १३ जना गरी कुल ७७ जनाको कोभिड संक्रमितको ज्यान गएको छ ।

त्यसैगरी आज देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप १९० जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *