मारवाडी सेवा समितिले सञ्चालनमा ल्यायो ५१ शैय्याको नि:शुल्क आइसोलेशन केन्द्र

काठमाडौं, ५ जेठ ।  काठमाडौँ मारवाडी सेवा समितिले गौशलामा ५१ शैय्याको निशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा समितिले अक्सिजन सेवासहितको ५१ शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त आइसोलेशन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए ।

यसैबीच बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त आइसोलेशन केन्द्रको उदघाटन गरेका छन् । सो अवसरमा बोल्दै पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे ।

‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा डहामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।’ उपप्रधानमन्त्री पोखरेलले भने । तीन सय शैयासम्म संचालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए ।

यस्तै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको बताए । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेको भन्दै छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *