पूर्वरानी कोमल र अधिराजकुमारी प्रेरणाले कोरोना जिते, नर्भिकबाट डिस्चार्ज

236
Shares

काठमाडौँ, ३१ बैशाख । पूर्व रानी कोमल शाह र उनी छोरी प्रेरणाले कोरोना परास्त गरेका छन् । संक्रमणले चाँपेपछि २१ दिन अघि नर्भिक अस्पतालमा भर्ना भएका उनीहरु आज अपरान्ह ४ बजे डिस्चार्ज भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कोरोना जितेर गत २९ बैशाखमा नर्भिकबाट डिस्चार्ज भएका थिए ।

नर्भिकका अनुसार अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले पूर्वरानीको स्वास्थ्य अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको र उनको अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको नर्भिकले जनाएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेको नर्भिकले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *