काठमाडौँ उपत्यकामा फेरी बढ्यो संक्रमण, ४१९८ जनामा कोरोना पुष्टि
काठमाडौँ, २६ बैशाख । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनमा भन्दा १ हजार ८५ जनाले बढी हो । हिजो काठमाडौँ उपत्यकामा ३ हजार ११३ जनामा मात्रै संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी कुल ४ हजार १९८ जनामा संक्रमण देखिएको हो ।
यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ४७.४३ प्रतिशत हो । आज देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]