एकैदिन थपिए ८८५० जना कोरोना संक्रमित, ८८ जनाको मृत्यु

काठमाडौँ, २६ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ८८ जना संक्रमितको निधन भएको छ । एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी हो । हिजो ५३ जनाको निधन भएको थियो । त्यसैगरी थप ४ हजार २२ जना भने निको भई घर फिर्किएका छन् । निको हुनेको संख्या पनि अहिलेम्मकै सबैभन्दा बढी हो ।अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ७ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना गरी थप ८ हजार ८५० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ । क्वारेनटीनमा ४१९ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ८३२ र भेन्टीलेटरमा २६७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *