अक्सिमिटर तथा सेनिटाइजरको कालोबजारी गरेको आरोपमा बीबीआर इन्टरप्राइजेसका सञ्चालक पक्राउ
काठमाडौँ, २३ बैशाख । अक्सिमिटर तथा सेनिटाइजरको कालो बजारी गरेको आरोपमा प्रहरीले काठमाडौँ क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीबीआर इन्टरप्राइजेज क्षेत्रपाटीका सञ्चालक भगवानबाबु राय राजपुत रहेका छन् ।
उनको कम्पनीबाट प्रहरीले ८ थान अक्सिमिटर र प्रति ग्यालेन ५ लिटर भएको १२४ ग्यालेन स्यानेटाइजर बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालोबजारी भइरहेको गुनासो आएपछि अनुगमन गर्दा राजपुतले ७ सय देखि १ हजार पर्ने अक्सिमिटरलाई तीन हजारमा बिक्री गरेको पाइएको बताए । उनले स्यानिटाइजर कहाँबाट कतिमा ल्याएको भन्ने विषयमा जानकारी दिन नसकेको बताए ।
पछिल्लो समय देशमा कोरोना संक्रमण बढदै जाँदा अक्सिमिटर र स्यानिटाइजरको माग अत्यधिक बढेको छ ।
यहि मौकामा कतिपय व्यावसायीले भने अत्यधिक नाफा लिएर बिक्री वितरण गर्ने गरेको आरोप लागेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com