भारतमा एकैदिन थपिए चार लाखभन्दा बढी कोरोना संक्रमित


नयाँ दिल्ली, १८ बैशाख । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या चारलाख नाघेको छ । एकैदिन  चार लाख एक हजार ९९३ जना संक्रमित थपिएका छन्  । कोरोना भाइरसको महामारी सुरुदेखि दैनिक संक्रमितको संख्या यो सबैभन्दा बढी हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट ३ हजार ५२३ जनाको ज्यान गएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९६९ तथा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार ८५३ पुगेको छ।

अहिले ३२ लाख ६८ हजार ७१० सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म १५ करोड ४९ लाख ८९ हजार ६३५ जनाले कोरोना भाइरसविद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

यसैबिच भारत सरकारले शनिबारदेखि १८ वर्ष उमेरमाथिका सबैलाई खोप लगाउने अभियान सुरु गरेको छ। तर विभिन्न राज्यहरुमा खोपको अभाव रहेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *