कोरोनाबिरुद्धको दोस्रो डोज खोप २ लाख ३३ हजारले लगाए
काठमाडौँ, १० बैशाख । गत ७ बैशाख देखि शुरु भएको कोरोनाबिरुद्धको दोस्रो डोज खोप बिहीबारसम्म २ लाख ३३ हजारले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप लगाउने अवधि भोलिसम्मका लागि तोकेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा झलक गौतमले देशभर तोकिएका ९५३ खोप केन्द्रबाट विहीबारसम्म २ लाख ३३ हजार बढीले खोप लगाएको बताए । उनले बाँकी रहेको दुई दिनमा थप २ लाख ६ हजारले खोप लगाउनुपर्ने जानकारी दिए ।
‘गत १४ माघ देखि १० फागुनसम्म ४ लाख ३९ हजार जनाले खोप लगाउनु भएको थियो । त्यही बेला लगाएकाहरुलाई अहिले दोस्रो डोज खोप दिइएको हो । केही जिल्लामा तोकिएको समय अर्थात ७ बैशाखमा दोस्रो मात्रा खोप शुरु गरिएको छैन् । ती ठाँउमा जिल्लाले एक दुई दिन लम्व्याउन पनि सक्छ,’ डा गौतमले भने ।
भारत सरकारको सहयोगमा १० लाख डोज कोभिसिल्ड प्राप्त गरेपछि सरकारले गत १४ माघ देखिनै खोप लगाएको थियो । अहिलेसम्म कुल खोप लगाउनेको संख्या २२ लाख नाघेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]