स्वास्थ्य मन्त्रालयद्धारा १५०० बढी स्वास्थ्यकर्मीको समायोजन
काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन टुंगिएको जनाएको छ । मन्त्रालयले समायोजन सम्पन्न भएका कर्मचारीहरुको पत्र समेत वेवसाइटमा राखेको छ ।
मन्त्रालयका सहसचिव दामोदर रेग्मीले २ हजार ७ सय बढीले समायोजनका लागि निवेदन हालेको र त्यसमध्ये १ हजार ५ सय बढी स्वास्थ्यकर्मीहरुको समायोजन टुगिंएको बताए । उनले ५ सय जति स्वास्थ्यकर्मीको प्रक्रिया नपुगेको र ६ सय बढी स्वास्थ्यकर्मीको पुरा कागजात नपुगेको समेत जानकारी दिए । ‘हामीले सूचना निकालेका छौँ । अबको समायोजन त्यसअनुसार हुन्छ,’ उनले भने ।
पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]