बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सुरु भयो ‘सिजेरियन सेक्सन’ सेवा

बाजुरा, ८ फागुन । बाजुरा जिल्लाको विकट गाँउ कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया (सिजेरियन सेक्सन) गरी सुत्केरी सेवा शुरु भएको छ ।

शुक्रबार मुगु खत्याडा १० बाट आएकी २९ वर्षीय गर्भवती महिला निर्मला चदाराको पहिलोपटक सिजेरियन सेक्शन गरिएको हो । ट्रान्सभर्स पोजिसनमा रहेको बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी उक्त महिलाको सफल अपरेशन गरिएको हो।

हवाईजहाज बाट नेपालगञ्ज जान ठिक्क परेका आमा र बच्चा दुवैको ज्यान स्थानीय साधन स्रोतमा नै जोगाउन सफल भए सँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका स्वास्थ्यकर्मीको टोली समेत खुशी भएका छन् ।

बाल रोग विशेषज्ञ डा नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा अर्जुन तिवारी र स्त्री तथा प्रसूति रोगमा विशेष अनुभव प्राप्त डा दील शाही रोका,स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दा कुमारी दानी,अनमी दाना जोशी,अनमी मनिषा रसाइलीको संयुक्त पहलमा यो कार्य सफल भएको कुरा त्यहाँ कार्यरत डा अच्युत शाली घिमिरेले बताए ।

यो सँगै नेपालगञ्ज, सुर्खेत लगायतका सुविधा सम्पन्न ठाउँ सम्म पुर्‍याउनुपर्दा हुने खर्च र गर्भवतीको स्वास्थ्य जोखिम समेत न्युनिकरण हुन सफल भएको छ।

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिका बीच भएको सम्झौता अनुसार नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराईदै आएको आएको जनस्वास्थ्य निरिक्षक ओमजंग शाहीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *