सिन्धुपाल्चोकमा पनि शुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

सिन्धुपाल्चोक, २४ माघ । सिन्धुपाल्चोक जिल्लामा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । जिल्ला सदरमुकाम चौतारामा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य राजमन्त्री नवराज रावतले स्वास्थ्य बीमा कार्यक्रममो शुभारम्भ गरेका छन् । यो संगै स्वास्थ्य बीमा कार्यक्रम देशको ६५ जिल्लामा पुगेको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री रावतले स्वास्थ्य बीमा कार्यक्रम जनताको कार्यक्रम हो भन्दै यसलाई जिम्मेवार ढंगले सञ्चालनमा ल्याउन सरोकारवालालाई निर्देशन दिए । सहज स्वास्थ्य पाउने जनताको अधिकार हो र त्यसका लागि वीमा अपरीहार्य रहेको भन्दै जनतालाई स्वस्थ बनाएर मात्रै मुलुकमा समृद्धि आउने दावी गरे । उनले पछिल्लो पटक सरकारले आम नागरिकसमक्ष सहज स्वास्थ्य सेवा पुरयाउन ३९६ वटा अस्पताल एकैपटक सिलान्यास गरेको बताए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र थापाले स्थानीय तहका जनतालाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुरयाउन बीमा कार्यक्रम लागू गरिएको भन्दै त्यसको लाभ लिन स्थानीय बासिलाई आग्रह गरे । उनले बीमाले नियमित स्वास्थ्य सेवाका साथै स्वास्थ्य संस्थाको सुद्धिडीकरणमा समेत सहयोग पुरयाउने भन्दै यसलाई महत्वका साथ हेरिनुपर्ने बताए ।

कार्यक्रममा बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले कोरोनाका कारण बीचमा केही ढिलाई भएपनि अब स्वास्थ्य बीमा कार्यक्रम विस्तारले गतिलिने बताए । उनले पाँच बर्ष अघि सुरु भएको यो कार्यक्रमको सिन्धुपाल्चोक ६५ औँ जिल्ला भएको बताए । सो अवसरमा उनले बीमा कार्यक्रम लागू भएपछिका फाइदाका बारेमा पनि आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा नागरिक अगुवाहरुको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *