देशभर थपिए १०५ जना कोरोना संक्रमित, २७२ जना संक्रमणमुक्त
काठमाडौँ, २३ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ७२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यकामा ५८ जना थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय ९९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ८८ हजार ३७२ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ सय पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । आइसीयूमा ६४ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]