खोप अभियानको आठौँदिन : १ लाख ४५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


काठमाडौैँ, २१ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज आठ दिन पुगेको छ । खोप अभियानको आठौँदिन सम्म देशभर कुल १ लाख ४५ हजार ८ सय ४४ जना ब्यक्तिले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्।

७७ जिल्लाका २०१ खोप केन्द्रबाट साँझ ४ बजेसम्म कुल १ लाख ४५ हजार ८ सय ४४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये प्रदेश १ मा २० हजार १ सय ५५, प्रदेश २ मा १९ हजार ६ सय ६३, बागमती प्रदेश मा ५० हजार ७ सय ५०, गण्डकी प्रदेशमा १६ हजार ४ सय ९५, लुम्बिनी प्रदेशमा २१ हजार ४ सय ५४, कर्णाली प्रदेशमा ७ हजार ३ सय २६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १जनाले खोप लगाएका छन्।

सरकारले पहिलो चरणमा करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो। खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।

माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान अबको तीन दिनभित्र (दश दिन पुगेपछि) सकिने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *