देशभर थपिए १५९ जना कोरोना संक्रमित, २६४ जना संक्रमणमुक्त
काठमाडौँ, १९ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ६४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यकामा ८५ जना थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार १ सय ४५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ७५ हजार १ सय ५२ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ । क्वारेनटिनमा ९७ जना रहेका छन् । आइसीयूमा १२८ र भेन्टीलेटरमा २२ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन ।
सम्पर्क इमेल : [email protected]