कर्णालीमा कोरोना बिरुद्धको खोप लगाएका ७ जनामा स्वास्थ्य समस्या

4.8k
Shares


काठमाडौँ, १६ माघ । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाएकामध्ये सात जनामा स्वास्थ्य समस्या देखिएको छ।

१२ वाटा खोप केन्द्रबाट जम्मा ९ सय २३ जनाले लागाएका मध्ये एक जनामा गम्भीर र ६ जनामा सामान्य स्वास्थ्य समस्या देखिएको कर्णाली प्रदेश स्वास्थ्य  सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९८ जनामध्ये एक जनामा गम्भीर असर देखिएको हो। गम्भीर समस्या देखिनेमा निर्देशनालयकै कर्मचारी हुन् ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमै खोप लगाएका ४ जना, मेहेलकुना अस्पताल सुर्खेतमा १ जना र डोल्पा अस्पताल डोल्पामा खोप लगाएका दुई जनामा सामान्य असर देखिएको निर्देशनालयले जनाएको छ। उनीहरुलाई पनि खोप लगाएको केहि समयसम्म टाउको दुख्ने रिंगाटा लाग्ने समस्या देखिएको थियो।

भ्याक्सिन लगाएपछि सामान्य समस्या आउनसक्ने भएकाले नआत्तिन निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले सुझाव दिएका छन् ।

त्यसैगरी पहिलो दिन ७ सय ५४ जनाले खोप लगाएका मध्येमा ४ जनामा सामान्य स्वास्थ्य समस्या देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *