काठमाडौँ उपत्यकामा १४५ सहित देशभर थपिए २८३ जना कोरोना संक्रमित
काठमाडौँ, १४ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १४५ सहित देशभर थप २ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ४६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३ सय ८२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ८३ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ५७ हजार ६९ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ । क्वारेनटिनमा १२२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १३९ र भेन्टीलेटरमा २३ जना उपचाररत छन् ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]