कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो
काठमाडौँ, ४ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा ३ हजार ५०८ जनाको पसीआर नमुना परीक्षण गर्दा देशभर थप २६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४ सय जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर संक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ । देशभरका कोरोना अस्पतालका आइसीयूमा १५७ र भेन्टलेटरमा ३९ जना उपचाररत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com