कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १९५४ पुग्यो

144
Shares


काठमाडौँ, ३ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४७७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *