तपाईँको दिनचर्या कसरी शुरु हुन्छ ? राम्रो गराउन यसो गरौँ
 हामीले दिनभरीमा गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ । हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा नैतिक रुपमा बलवान हुनसक्दछ । आयुर्वेदले भन्छ स्वस्थ दिनचर्यालाई हामीले यसरी सुरु गर्न सक्दछौँ ।

१. हरेक दिन ब्राम्हामुहुर्त (सूर्योदय हुनुभन्दा ४५ मिनेट अगाडि) उठने ।
 २. ईश्वरको स्मरण गर्दै मन मस्तिस्कलार्य सकारात्मक बनाउने ।
 ३. १ गिलास (२०० देखि २५० मिलिलिटर) सफा र शुद्ध पानी पिउने ।
 ४.  त्यसपछि शौचादि ( दिसा पिसाव) गर्ने ।
 ५. दाँत माझ्ने तथा मुख धुने ।
 ६. योगाभ्यास तथा ध्यान (मेडिटेसन) गर्ने ।
 ७. मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने ।
 ८. दूध तथा मौसम अनुसारका फलफुलको हल्का खाजा खाने ।
 ९. यो समयमा अध्ययन गरेको विषय लामो समयसम्म स्मरणमा रहीरहने भएकोले २ ३ घण्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ ।
सम्पर्क इमेल : [email protected]

 नेपाली हेल्थ
नेपाली हेल्थ 