पछिल्लो २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना संक्रमणमुक्त
काठमाडौँ, १८ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय १९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ७ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय १९ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख ४२ हजार ७०२ पीसीआर नमुना परीक्षण भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ । क्वारेनटिनमा ३६७ जना रहेका छन् ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८७० पुगेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com