पछिल्लो २४ घण्टामा देशभर थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना संक्रमणमुक्त

124
Shares


काठमाडौँ, १७ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय २६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ७ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा मात्रै थप १६७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार २२५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय २६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ सय ९३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । क्वारेनटिनमा ३६७ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।

त्यसैगरी २३४ जना आइसीयूमा र ३५ जना भेन्टीलेटरमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *