काठमाडौँ उपत्यकामा २७९ सहित देशभर थप ६०८ जनामा कोरोना संक्रमण


काठमाडौँ, १० पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २७९ सहित देशभर थप ६ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ८ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २१२ ललितपुरमा ४७ र भक्तपुरमा २० जना गरी थप २७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार १४२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६ सय ८ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ । करेनटिनमा ३६९ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८१६ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १९ लाख ३९२ पीसीआर नमुना परीक्षण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *