पूर्व सांसद कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन
काठमाडौँ, २५ मंसिर । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ । गत १० मंसिरमा कोरोना संक्रमणमा परेका ६९ बर्षिय लामाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बुधबार (हिजो) राती ११ बजे उनको निधन भएको हो ।
शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीका अनुसार लामालाई गत पाँच दिन देखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी मिर्गौला, उच्चरक्तचाप र सुगरको समस्या पहिले देखि नै रहेको समेत अधिकारीले बताए ।
नेकपाका नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्य समेत रहेका थिए । उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका लागि नेपाली राजदूत समेत भएका थिए ।
काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा हाल नेकपाका केन्द्रीय सदस्य हुन् ।
सम्पर्क इमेल : [email protected]