पछिल्लो २४ घण्टामा देशभर १४७४ जना कोरोना संक्रमित थपिए, १९३१ जना निको भए
काठमाडौँ, १५ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ९ सय ११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ४ सय ७४ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ९ सय ३१ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]