प्रेमसागरले गरे १६४ औँ पटक रक्तदान

152
Shares


काठमाडौँ, १३ मंसिर । नेपाल स्वायंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६४ औँ पटक रक्तदान गरेका छन् । दोलखामा शनिबार आयोजित कार्यक्रममा उनले १६४ औँ पटक रक्तदान गरेका हुन् ।

नेपाली काँग्रेसका नेता स्व. भिम बहादुर तमाङको ८ औं स्मृति दिवसको अवसरमा नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा शनिबार दोलखामा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

भिमेश्वर नगरपालिका वडा नं। ६ मा आयोजित सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी,अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाका जिल्ला शाखा अध्यक्ष श्याम गौतम लगायतको उपस्थिति थियो ।

यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा रक्तदाताहरुलाई कर्माचार्यले प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *