पछिल्लो चौबिस घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप ५ हजार ६ सय ९९जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
आइसीयूमा ३ सय ५९ जना र भेन्टीलेटरमा ६६जना संक्रमित उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



