भरतपुर अस्पतालका मेसु डा. राजन पाण्डेद्धारा पदबाट राजिनामा

1.5k
Shares

चितवन, ३ मंसिर । दुई महिना अघि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेण्टमा नियुक्त भएका डा. राजन पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण भन्दै आज पदबाट राजिनामा दिएका हुन् ।

‘म पदले प्रमुख कन्सलटेन्ट फिजिसियन हुँ, मेडिकल समूहको । मेसुको लागि आएको थिएँ । हेरौँ न त अस्पताल व्यवस्थापन कस्तो हुन्छ भनेर तर मलाई रमाइलो लागेन । आफू क्लिनिसियन मान्छे, मलाई त्यसैमा फर्कन मन लाग्यो,’ डा पाण्डेले राजिनामा दिनुको कारण सुनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत २४ भदौमा मन्त्रिस्तरीय निर्णय गर्दै त्यसबेला भेरी अस्पतालमा कार्यरत एघारौँ तहका डा पाण्डेलाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेका थिए ।

डा पाण्डेले बुधबार आफ्नो राजिनामा मन्त्रालयमा पठाएको बताए ।

‘मलाई मन्त्रालयले नियुक्त गरेको हो । राजिनामा पनि मन्त्रालयमै बुझाउनुपर्छ । मेले पठाइसकेको छु तर स्विकृति भईसकेको थाह पाएको छैन्,’उनले भने ।

डा पाण्डेले अस्पताल मेसुको निमित्तको जिम्मेवारी डा. जगन्नाथ तिवारीलाई दिएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *