काठमाडौँ उपत्यकामा थप १२०७ जनामा कोरोना संक्रमण

216
Shares

काठमाडौँ, २८ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको रिपोर्टमा उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९१९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जना गरी कुल १ हजार २०७ जनामा संक्रमण देखिएको हो । यो आज देशभर देखिएको कुल संक्रमित संख्याको ५७ प्रतिशत हो । आज देशभर थप २ हजार १११ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा देशभरबाट ३ हजार ५३७ जना संक्रमित निको भएको र १५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *