काठमाडौँ उपत्यकामा थप १२०७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २८ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको रिपोर्टमा उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९१९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जना गरी कुल १ हजार २०७ जनामा संक्रमण देखिएको हो । यो आज देशभर देखिएको कुल संक्रमित संख्याको ५७ प्रतिशत हो । आज देशभर थप २ हजार १११ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा देशभरबाट ३ हजार ५३७ जना संक्रमित निको भएको र १५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *