रत्नपार्कमा १५३ जनाले गरे रक्तदान

20
Shares

काठमाडौँ, २३ कात्तिक । कोरोना महामारीको नकारात्मक प्रभावले रक्त व्यवस्थापनमा परेको असर कम गराउन पताञ्जली योग शिविर बागमती प्रदेश जिल्ला शाखा काठमाडौँले शनिबार बृहत रक्तदान सम्पन्न भएको छ ।

रत्नपार्क शान्तिबाटिकामा आयोजित कार्यक्रममा १५३ जनाले रक्तदान गरेका थिए ।

आयोजकले स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई प्रमुख अतिथि बनाई उनीबाटै रक्तदान कार्यको सुभारम्भ गराएका थिए । कर्माचार्यले रक्तथैली हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ भएको थियो ।

सो अवसरमा स्वयंसेवी रक्तदाताहरुलाई कर्माचार्यको हातबाट ब्याज, प्रमाणपत्र र गुर्जोको एक एक बोट उपलव्ध गराईएको थियो ।

उक्त रक्तदान कार्यक्रमको संयोजन पायोस नेपाल बागमती प्रदेश सदस्य तथा डोटेली समाज काठमाडौंका अध्यक्ष जगदीश केसीले गरेका थिए । पायोस नेपालका केन्द्रीय सदस्य एवं अध्यक्ष बागमती प्रदेशका सुवर्णलाल चित्रकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *