पछिल्लो २४ घण्टामा ३०५१ जना संक्रमित थपिए, ३४३० जना निको भए

22
Shares

काठमाडौँ, २० कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ६८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ५१ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय ३० जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

क्यारेनटिनमा १ हजार २ सय ३२ जना छन् । त्यस्तै होम आइसोलेसनमा २९ हजार ५ सय ७४जना रहेका छन् । आइसीयुमा ४ सय २८ र भेन्टीलेटरमा ७४ जना उपचाररत छन् । भने थप १८ जनाको निधन भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *