काठमाडौँ उपत्यकामा थप १६१५ जनामा कोरोना संक्रमण

156
Shares

काठमाडौँ, १३ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संक्रमणको ६८ प्रतिशत भन्दा बढी हो ।

आज देशभर २ हजार ३६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १ हजार ३३८ जना, ललितपुर जिल्लामा १८० जना र भक्तपुर जिल्लामा ९७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो संगै काठमाडौँ उपत्यकामा कोरोनाका सक्रीय संक्रमितको संख्या २० हजार ६६ पुगेको छ ।

यो देशभर सक्रीय संकमितहरुको ५२ प्रतिशत हो ।

आज देशभर ३८ हजार ९५२ जना कोरोनाका सक्रीय संक्रमित छन् ।

काठमाडौंमा सबैभन्दा बढी १६ हजार ५२१ जना, भक्तपुरमा १ हजार ७५ जना र ललितपुरमा २ हजार ४७० जना गरी कुल २० हजार ६६ जना सक्रीय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभरबाट ३ हजार ३८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *