वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

96
Shares

झापा, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड – १९ को सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी बाँसबारीस्थित शहीद गंगालाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । यस्तै बागमतीका केही प्रदेश सांसद समेत संक्रमणमा परिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *