पछिल्लो चौविस घण्टामा ५७० जनामा कोरोना संक्रमण, ३१६८ जना डिस्चार्ज

204
Shares


काठमाडौँ, ११ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ५ सय ७० जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय २५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हाजार १ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

देशभरका क्वारेनटिनमा २ हजार ९ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसीयूमा २ सय ८१ र भेन्टीलेटरमा ७१ जना उपचाररत छन् । चौबिस घण्टमा थप १४ जनाको मृत्यु भएको छ ।भने हालसम्म मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *